गठबन्धनले देउवालाई प्रधानमन्त्रीमा अघि सार्यो, माधव पक्षकासहित १४९ सांसदको हस्ताक्षर रहेको दावी « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

गठबन्धनले देउवालाई प्रधानमन्त्रीमा अघि सार्यो, माधव पक्षकासहित १४९ सांसदको हस्ताक्षर रहेको दावी



काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । राष्ट्रपतीले संविधानको धारा ७६ को उपधार ५ बमोजिम प्रधानमन्त्रीमा दावी गर्न सांसदहरुलाई दिइएको म्याद आज साँझ ५ बजे सकिँदैछ । सो समयअघिनै वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार देउवालाई बनाउने विपक्षीले तयारी गरेका छन ।

देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षकासहित १४९ जना सांसदको हस्ताक्षर रहेको दावी विपक्षहरुले गरेका छन । उनिहरु सरकारको दावीसहित राष्ट्रपती कार्यालय गएका छन । गधबन्धन सरकार बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समुह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षको सहयोग रहने उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्