१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

खुम्चियो नेपालको अन्तर्राष्ट्रिय व्यापार: आयात र निर्यात दुवै घट्यो, साढे ४ खर्ब नाघ्यो व्यापार घाटा 

काठमाडौं । आयात र निर्यात दुवै बढ्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात ३.७९ प्रतिशत निर्यात ७.६८ प्रतिशतले खुम्चिएको हो ।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्म नेपालले ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको आयात गरेको छ ।