धमाधम सीईओ नियुक्त गर्दै बीमा कम्पनी, रिलायन्स लाइफको सीईओमा प्रस्तावित पोखरेलको तलवको कुरा मिलेन « Arthapath.com
२६ पुष २०७८, सोमबार

धमाधम सीईओ नियुक्त गर्दै बीमा कम्पनी, रिलायन्स लाइफको सीईओमा प्रस्तावित पोखरेलको तलवको कुरा मिलेन



काठमाडौं । बीमा कम्पनीमा ३ महिनाभन्दा बढी अवधी सीईओ खाली राख्न नपाउने निर्णय भएसंगै खाली रहेका बीमा कम्पनीहरुले धमाधम सीईओ नियुक्त गर्न थालेका छन् । बिहीबार बीमा समितिले सबै बीमा कम्पनीहरुलाई ३ महिनाभन्दा बढी समय सीईओ खाली नराख्न निर्देशन जारी गरेको छ ।
बीमा समितिको निर्णयलाई आएलगत्तै नेपाल लाइफले सिनियर डेपुटी सीईओमा प्रविण रमण पराजुलीलाई नियुक्त गरिसकेको छ । उनले आइतबारदेखी कार्यभार सम्हालिसकेका छन् । त्यस्तै राष्ट्रिय बीमा कम्पनी, रिलायन्स लाइफ र नेपाल इन्स्योरेन्सले सीईओ नियुक्ती प्रक्रिया अगाडी बढाएका छन् ।

बीमा समितिले जारी गरेको कुलिङका कारण नेपाल लाइफ र नेपाल इन्स्योरेन्सले भने सीईओ पाउन अझै ६ महिना कुनुपर्ने भएको छ । गत कात्तिकमा प्रुडेन्सियल इन्स्योरेन्सको सीईओबाट राजिनामा दिएर नेपाल इन्स्योरेन्स गएका बिके महर्जन कुलिङ सकेर मात्रै सीईओ बन्न पाउनेछन् । नेपाल लाइफका सीईओ बन्न सिनियर डेपुटी सीईओमा नियुक्त भएका प्रविण रमण पराजुली अझै ६ महिना कुर्नुपर्ने भएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेललाई नियुक्त गर्ने निर्णय भएको छ । इन्स्योरेन्स संचालक समिति बैठकले पोखरेललाई सीईओ नियुक्त गर्ने निर्णय भएको एक संचालकले बताए ।

रिलायन्स लाइफले चाटर्ड एकाउन्टेनसमेत रहेका पोखरेललाई सीईओ बनाउन स्वीकृतीको लागी बीमा समिति पठाएको छ । रिलायन्सको सीईओ रहेको प्रविणरमण पराजुलीले एक कार्यकाल पुरा गरी यही पुष दोस्रो साता बाहिरिएपछि कम्पनीले पोखरेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । सबै कागजात बीमा समिति पुगेपनि सेवा सुविधाको बारेमा कुरा नमिलेको बीमा समिति स्रोतले बताएको छ ।

पोखरेलले बर्तमान सीईओले खाइपाई आएको बराबर सेवा मागेपनि कागजात नमिलेको बीमा समितिले जनाएको छ । प्राइम लाइफबाट बीमामा करिअर सुरु गरेका पोखरेल ५ वर्षअघिनै सुर्या लाइफको एजिएम छाडेर आइएमई लाइफको जिएममा नियुक्त भएका थिए । आइएमई लाइफमा ६ महिना बिताएर बाहिरिएका पोखरेल आफ्नै अडिट फर्म चलाएर बसेका थिए ।


प्रतिक्रिया दिनुहोस्