राष्ट्रिय बीमा कम्पनीको सीईओमा थापा, खड्का र बरालको नाम छनोट, कसले मार्ला बाजी ? « Arthapath.com
१३ माघ २०७८, बिहीबार

राष्ट्रिय बीमा कम्पनीको सीईओमा थापा, खड्का र बरालको नाम छनोट, कसले मार्ला बाजी ?



काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आवेदकमध्येबाट ३ जनाको नाम छनोट भएको छ । कम्पनीले ११ जना आवेदकमध्येबाट सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम छनोट भएको छ । कम्पनीले सीईओको लागि गत मङ्सिर १२ गते सूचना प्रकाशन गरेको थियो ।

लामो समयदेखि रिक्त रहेको सीईओ पदका लागि मङ्सिर २६ गतेसम्म समय दिएको थियो । सकिएको छ । उक्त पदका लागि विभिन्न ११ जनाले आवेदन दिएका थिए । आवेदक मध्येबाट ३ जनाको नाम छनोट भए पनि सीईओमा कसको पल्लाभारी हुन्छ हेर्न बाँकी छ । 

सरकारले अर्थ मन्त्रालयका उपसचिव अर्जुन भण्डारीको संयोजकत्वमा छनोट समिति बनाएको थियो । भण्डारी बीमा कम्पनीमा सरकारको तर्फबाट सञ्चालक समेत रहेका छन् । छनोटमा परेका सुरेन्द्र थापा राष्ट्रिय बीमा संस्थानको सहायक प्रशासकमा साँढे २ वर्ष काम गरेका व्यक्ति हुन् ।

थापा पछिल्लो समय अजोड इन्स्योरेन्समा डेपुटी सीईओबाट २ महिना अघिमात्रै बाहिरिएका हुन् । त्यस्तै खड्का पनि ५ वर्षअघि बीमा संस्थाको सहायक प्रशासक भैसकेका व्यक्ति हुन् । खड्का र थापा माओवादी निकट हुन् । अर्को बीमा क्षेत्रमा लामो समय काम गरेका शेखर बराल पनि प्रतिस्प्रर्धामा छन् । लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओ भैसकेका व्यक्ति हुन् ।  


बीमा कम्पनीको सीईओमा बरिस्मा साउद आचार्य, सुरेन्द्र थापा, बुद्ध काजी श्रेष्ठ, सुकल्याण पराजुली, तोयराज अधिकारी, शेर जङ्ग कार्की, रामबहादुर खड्का, कृष्णबहादुर कार्की, रमेश लम्साल, मनोजसिंह भण्डारी र शेखर बरालले सीईओ पदका लागि आवेदन दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्