कोरोना कोषमा साना किसान लघुवित्तको १० लाख सहयोग « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

कोरोना कोषमा साना किसान लघुवित्तको १० लाख सहयोग



काठमाडौं । सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमासाना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालयले १० लाख सहयोग गरेको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण र उपचारमा सहज होस भन्ने हेतुले नेपाल सरकारले खडा गरेको उक्त कोषमा १० लाख सहयोग गरेको हो ।

कोरोविश्वव्यापी महामारी फैलिएको कोरोना भाईरसको नेपालमा नियन्त्रण, रोकथाम तथा उपचारको लागि सहजता कायम होस भन्ने हेतुले सहयोग गरेको साना किसान विकास लघुवित्तीय संस्थाका सीईओ डा. शिवराम कोईरालाले जानकारी दिए ।

सरकारले लकडाउन जारी गरेकाले विपन्न तथा गरिव वर्ग यतिवेला विहान वेलुका छाक टार्न पनि समस्या भएकाले उनीहरुलाई पनि केहि राहत पुग्ने उनले बताए ।

विश्वभरि कोरोनाको सन्त्रास र महामारी फैलिरहेको छ । कोरोना भाईरसको संक्रमणबाट हजारौको मृत्यु भएको छ, भने लाखौ संक्रमीतका विरामी रहेका छन । यसबाट नेपाल अछुत रहन सकेको छैन । नेपालमा कोरोना भाईरस संक्रमित नौ जना रहेका छन भने एक जना निको भएर घर गएका छन ।


प्रतिक्रिया दिनुहोस्