डिम्याट खाता नविकरण गर्न सिद्धार्थ क्यापिटलको आग्रह « Arthapath.com
१६ जेष्ठ २०७९, सोमबार

डिम्याट खाता नविकरण गर्न सिद्धार्थ क्यापिटलको आग्रह



काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरणको वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । क्यापीटलले एक सुचना जारी गर्दै यस्तो जनाएको हो ।

क्यापिटलले विभिन्न शाखा कार्यालयहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८–७९ सम्मको डिम्याट संचालन गरेको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । सिद्धार्थ क्यापिटलले वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्थाअनुसार आषाढ मसान्तभित्रमा नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

तोकिएको समयभित्र डिम्याट नविकरण शुल्क नबुझाएमा हितग्राहीको डिम्याट खाता फ्रिज गरिने क्यापिटलले जनाएको छ । साथै मेरो शेयर सेवा लिएका हितग्राहीहरुले सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्ने र सो समयावधिभित्र नविकरण नभएमा सो सेवा स्वतः बन्द हुने क्यापिटलले जानकारी दिएको छ ।

उक्त नविकरण शुल्क सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल स्थित कार्यालय तथा सिद्धार्थ बैंकका सम्पूर्ण कार्यालयहरु मार्फत बुझाउन सकिने जनाएको छ । साथै मोवाइल वालेट ई सेवा, आइएमई पे, खल्ती प्रभु पे र कनेक्ट आइपीएस जस्ता विद्युतीय भुक्तानीको माध्यमबाट पनि भुक्तानी गर्न सकिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्