कमसल सिमेन्ट उत्पादन गर्दै मंगला सिमेन्ट, राज्यलाई राजस्व पनि नतिरेको खुलासा « Arthapath.com
१० भाद्र २०७८, बिहीबार

कमसल सिमेन्ट उत्पादन गर्दै मंगला सिमेन्ट, राज्यलाई राजस्व पनि नतिरेको खुलासा



काठमाडौं । मंगला सिमेन्ट उद्योगले गुणस्तरहिन सिमेन्ट उत्पादन गरिरहेको पाइएको छ । कुनैपनि सिमेन्ट उत्पादनप्रश्चात उसको मापदण्ड पुरा भएपछि गुणस्तर चिन्ह प्रदान गरेर मात्र बजारमा पठाउनुपर्नेछ । तर मंगला सिमेन्ट उद्योगले उत्पादन गरेको गुणस्तरहिन सिमेन्ट मालिककै मिलेमतोमा दुर्गम क्षेत्रमा सप्लाई हुने गरेको छ ।

मंगला सिमेन्ट कम्पनीले एसके, भैरवी र मंगला सिमेन्ट उत्पादन गरिरहेको छ । उत्पादित सिमेन्टमध्ये ३० प्रतिसत सिमेन्ट गुणस्तार विभागको ट्यागनै नलगाई नेपालका दुर्गम क्षेत्रमा कम्पनीका मालिकहरुलेनै सप्लाई गरिरहेको बताइएको छ ।

धादिङको नौबिसेमा उद्योग रहेको मंगला सिमेन्ट उद्योगले एसके ओपिसि सिमेन्ट, भैरबी पिपिसि सिमेन्ट र मंगला पिपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । उसले उत्पादन गर्ने सिमेन्टमा खरानीको मात्र चाहिनेभन्दा डेढ् गुणा बढी राखेको पाइएको छ । सो सिमेन्टमा क्रसर उद्योगले उत्पादन गर्ने धुलोको पनि प्रयोग हुने गरेकोले दिनमा भन्दा उद्योग रातभर चल्ने गरेको एक कर्मचारीले बताए ।

कम्पनीका संचालक शिव शंकर मिस्त्र हुन भने महाप्रवन्धक किरण केसी रहेका छन् । यी दुबै सिमेन्टका होलसेलर हुन । मिस्त्र र केसी दुबैको आफ्नै सिमेन्ट पसल रहेका छन । सिमेन्टमा हालिने केमिकल फ्लाई आस (Fly ASH) आवश्यक भन्दा डेढ गुणा बढी हाल्ने गरेको पाइएको छ । खरानी जस्तो देखिने फ्लाई आस सिमेन्टको परिणामभन्दा डेढगुणासम्म बढी राखेर बेच्ने गरेको पाइएको छ ।

कम्पनीले दैनिक २ ट्रक त्यस्तो कमसल सिमेन्ट मालिकद्वयले आफ्नो पसलबाटै विक्री गर्ने गरेको पाइएको छ । कम्पनीले उत्पादन गरेको त्यस्तो सिमेन्टमा एनएस प्रमाणित चिन्ह प्रदान गर्दैन । कमलस सिमेन्ट उत्पादन गरेर उपभोत्ता ठग्दै आएको कम्पनीलाई सरकारले कार्यवाही गरेको छैन ।

कम्पनीले सिमेन्ट विक्रेतालाई दिनुपर्ने भ्याट बिल पनि इस्यु नगर्ने गरेको पाइएको छ । एउटै भ्याटविलबाट ३ पटकसम्म सामान लोड हुने गरेको पाइएको छ । सरकारलाई करोडौं राजस्व ठग्ने कम्पनीले ब्राण्ड दर्ता बिनानै मंगला सिमेन्ट उत्पादन गरिरहेको छ । बजारमा भारतमा उत्पादिन मंगलम सिमेन्ट विक्री आइरहेको छ । नेपालमा भने ब्राण्ड दर्तानै नगरी मंगला नामको सिमेन्ट उत्पादन भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्