राष्ट्रिय बीमा कम्पनीले ५ आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन बीमा समितिमा स्वीकृतिका लागी पेश गर्यो « Arthapath.com
१६ जेष्ठ २०७८, आईतवार

राष्ट्रिय बीमा कम्पनीले ५ आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन बीमा समितिमा स्वीकृतिका लागी पेश गर्यो



काठमाडौं । बीमा समितिमा राष्ट्रिय बीमा कम्पनीले ५ आर्थिक वर्षको लेखापरिक्षण प्रतिवदेन स्वीकृतिका लागि बुझाएको छ । राष्ट्रिय बीमा कम्पनीले आर्थिक बर्ष २०६८–०६९, आर्थिक बर्ष २०६९–०७०, आर्थिक बर्ष २०७०–०७१, आर्थिक बर्ष २०७१–०७२ र आर्थिक बर्ष २०७२–०७३ सम्मको लेखापरिक्षण प्रतिवेदन बीमा समितिमा पठाएको हो । यसलाई स्वीकृतिक लागि बीमा समितिमा पठाएको कम्पनी बताएको छ ।

कम्पनीको अझै आर्थिक बर्ष २०७३–०७४, आर्थिक बर्ष २०७४–०७५, आर्थिक बर्ष २०७५–०७६ र २०७६–०७७ को लेखापरिक्षण प्रतिवेदन पेश गर्न बाँकि रहेको छ । छिट्टै बाँकि लेखापरिक्षण प्रतिवेदन पेश गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका सेयरधनीले लाभांश पाउनका लागी सबै आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदा पेशगरेपछि मात्रै वितरण गर्न पाउने भएको छ । बाँकी लेखापरिक्षण अवको ३ महिना भित्रमा पेश गर्ने लक्ष रहेपनि कोरोना महामारीले रोकिएको कम्पनीले जनाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रतिकित्ता सबैभन्दा धेरै मूल्य भएको कम्पनी नै राष्ट्रिय बीमा कम्पनी रहेको छ । हाल कम्पनीको दोस्रो बजारमा प्रतिशेयर २३ हजार २०० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्