व्यापार बढाउन हिमालयन रिले थाल्यो बीमा कम्पनीसंग छलफल, चन्द्र शेखरनलाई सीईओ बनाउँदै « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

व्यापार बढाउन हिमालयन रिले थाल्यो बीमा कम्पनीसंग छलफल, चन्द्र शेखरनलाई सीईओ बनाउँदै



काठमाडौं । औपचारीक रुपमा उद्घाटन नहुँदै हिमालयन रि इन्स्योरेन्स व्यापक मार्केटिङमा लागेको छ । हिमालयन रिले शुक्रबार सबै बीमा कम्पनीका रि इन्स्योरेन्स हेर्ने कर्मचारीलाई बोलाएर अन्र्तक्रिया गरेको छ ।

हिमालयन रिले औपचारिक कारोवार सुरु गरेको छैन । यद्यपि बीमा समितिबाट अन्तिम कारोवारको स्वीकृत पाइसकेको छ । अन्य ४ ओटा कम्पनीलाई पछि पार्दै लाइसेन्स हत्याएको हिमालयन रिमा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष तथा पुर्व अध्यक्षहरुको लगानी रहेको छ । जसको मुख्य प्रर्वधक शंकर ग्रुप रहेको छ ।

होटल अलफ्ट ठमेलमा शुक्रबार सबै बीमा कम्पनीका पुर्नबीमा हेर्न कर्मचारीलाई बोलाएको छ । हालै नयाँ पुर्नबीमाको लाइसेन्स पाएको हिमालयन रिले डेपुटी सीईओमा मुकेश कुमार कपुरलाई भित्र्याइसकेको छ । कपुर यसअघि ओरन्टल इन्स्योरेन्स नेपालको सीईओ रहेका थिए ।

त्यसैगरी हिमालयन रिले भारतकाे सरकारी लगानी रहेकाे जनरल इन्स्योरेन्स कर्पाेरेसन कम्पनीमा काम गरेका अनुभवी चन्द्र शेखरनलाई सीईओ बनाएर ल्याउन लागेको छ । शुक्रबार भएको कार्यक्रममा नवनियुक्त डेपुटी सीईओ कपुरसंग परिचय गराउने कार्यक्रम पनि रहेको छ ।

नयाँ सीईओ नियुक्तीको लागी बीमा समितिमा पठाउने तयारी छ । शेखरन भारतको जनरल इन्स्योरेन्स कर्पाेरेशनबाट ५ वर्ष अघिनै रिटायर्ड भएर बसेका व्यक्ति हुन । उनि अहिले पनि भारतीय रि इन्स्योरेन्समा विज्ञको रुपमा काम गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्