अयाेग्य कर्मचारी नियुक्ती गरेकाे भन्दै नेपाल लाइफलाई बीमा समितिले गर्याे कारवाही « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

अयाेग्य कर्मचारी नियुक्ती गरेकाे भन्दै नेपाल लाइफलाई बीमा समितिले गर्याे कारवाही



काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कारवाही गरेको छ । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपिरित कार्य गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्सलाई कारवाही गरेको हो ।

बीमा समितिले कम्पनीलाई २० हजार रुपैयाँ जरिवाना तिराएको हो । बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेको भन्दै नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

बीमा समितिले संस्थागत सुशासन विपरित माथिल्लो तहमा अयोग्य व्यक्तिलाई नियुक्त गरे बापत १० हजार रुपैयाँ र सञ्चालक समिति मातहत गठन गरिएको उप समिति संस्थागत सुशासन विपरित भएकोले १० हजार रुपैयाँ गरी कूल २० हजार रुपैयाँ जरिवना तिर्न निर्देशन दिएको हो ।

नेपाल लाइफले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा परेको थियो । उक्त उजुरीका सम्बन्धमा नेपाल लाइफबाट आवश्यक प्रतिवेदन र विवरण झिकाई अध्ययन गर्दा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएको समितको भनाई छ ।

यसैगरी, बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफको विभिन्न १४ वटा समिति–उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति–उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम नेपाल लाइफलाई १० हजार रुापैयाँ जरीवाना गर्ने निर्णय गरेको गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्