प्राइम लाइफलाई पनि बीमा समितिको डण्डा, नियम उल्लङ्घन गरेको भन्दै १० हजार जरिवाना « Arthapath.com
१६ माघ २०७८, आईतवार

प्राइम लाइफलाई पनि बीमा समितिको डण्डा, नियम उल्लङ्घन गरेको भन्दै १० हजार जरिवाना



काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेनस कम्पनीलाई कारवाही गरेको छ । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैयाँ जरीवाना गरेको हो ।

कम्पनीले बीमा समितिबाट जारी भएको सुशासन सम्बन्धी निर्देशिका २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०७३ विपरित कार्य गरेको भनदै समितिले १० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई १० हजार रुपैया जरिवाना गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

यसअघि माघ १४ गते बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कारवाही गरेको थियो । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपिरित कार्य गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्सलाई कारवाही गरेको थियो । बीमा समितिले कम्पनीलाई २० हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेको भन्दै नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्