प्रतिकित्ता ३०० रुपैयाँमा नै नेपाल इन्स्योरेन्सको सेयर किन्ने मौका « Arthapath.com
८ श्रावण २०८०, सोमबार

प्रतिकित्ता ३०० रुपैयाँमा नै नेपाल इन्स्योरेन्सको सेयर किन्ने मौका



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १९ लाख ४८ हजार ५३८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्