मंगला सिमेन्टमा चरम बेथिति: एउटै भ्याट विलबाट ३ पटकसम्म सिमेन्ट सप्लाई हुन्छ « Arthapath.com
१४ भाद्र २०७८, सोमबार

मंगला सिमेन्टमा चरम बेथिति: एउटै भ्याट विलबाट ३ पटकसम्म सिमेन्ट सप्लाई हुन्छ



काठमाडौं । मंगला सिमेन्ट उद्योगले सरकारलाई तिर्नुपर्ने कर नतिरेको पाइएको छ । साउन १ २०७५ बाट सिमेन्ट उत्पादन गरिरहेको मंगला सिमेन्टले सरकारलाई तिर्नुपर्ने करसमेत नतिरेको पाइएको छ ।

एउटै भ्याटविल काटेर सा्ही बिलबाट ३ पटकसम्म सामान लोड हुने गरेको उद्योगकै एक कर्मचारीले बताएका छन । सिमेन्टमा हुनुपर्ने मापदण्डनै पुरा नगरी उत्पादन भैरहेको सो सिमेन्ट उद्योगभित्र लापरवाही बढेको पाइएको छ ।

नौबिसे धादिङमा उद्योग रहेको मंगला सिमेन्टले गुणस्तरहिन सिमेन्ट उत्पादन गरेर उपभोत्ता ठगेको पाइएको छ । सिमेन्ट उत्पादनको लागी प्रयोग हुने फ्लाई आस (Fly ASH) चाहिने भन्दा डेढगुणासम्म बढी प्रयोग गरिरहेको पाइएको छ । यसबारेमा गुणस्तर विभागले समेत ध्यान दिएको छैन ।

मंगला सिमेन्टको अध्यक्ष किरण केसी रहेका छन भने कार्यकारी निर्देशक शिव शंकर मिस्त्र रहेका छन । उनिहरु दुबै सिमेन्टको होलसेलरसमेत हुन । उद्योगबाट उत्पादिन गुणस्तरहिन सिमेन्ट सप्लाइ गरेर करोडौं कमाइरहेका छन । राज्यलाई तिर्नुपर्ने करसमेत नतिरी राती राती सिमेन्ट सप्लाई गरिरहेका छन ।

मंगला सिमेन्ट कम्पनीले एसके, भैरवी र मंगला सिमेन्ट उत्पादन गरिरहेको छ । उत्पादित सिमेन्टमध्ये ३० प्रतिसत सिमेन्ट गुणस्तार विभागको ट्यागनै नलगाई नेपालका दुर्गम क्षेत्रमा कम्पनीका मालिकहरुलेनै सप्लाई गरिरहेको बताइएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्