सनराइज बैंक काण्ड : बिहिबार बोर्ड बैंठकमा विज्ञ संचालक जोशीको राजिनामा आउने « Arthapath.com
१४ श्रावण २०७७, बुधबार

सनराइज बैंक काण्ड : बिहिबार बोर्ड बैंठकमा विज्ञ संचालक जोशीको राजिनामा आउने



काठमाडौं । सनराइज बैंकभित्र संचालक र सिईओ विचको विवाद मिल्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले संचालक समितिलाई बोलाएर सम्झाएपछि बैंकभित्रको विवाद तत्कालका लागी टरेको छ । बैंक संचालक समितिले राष्ट्र सिईओलाई सोधेको स्पष्टिकरणलाई थाती राख्दै विहिबार सौहार्दपुर्ण छलफल हुन लागेको हो ।

अध्यक्ष मोतिलाल दुगड नजिक रहेका विज्ञ संचालक ओमकृष्ण जोशीले भोलीको बैंठकमा राजिनामा दिने तयारी गरेका छन । जोशीको ४ वर्षे कार्यकाल ४ महिना बाँकी हुँदै बैंकमा विवाद सुरुभएपछि राजिनामा दिन लागेका हुन ।

विहिबार ३ बजे सनराइज बैंकको बोर्ड बैंठक बस्दै छ । सो बैठकमा विज्ञ संचालकले राजिनामा दिन लागेको संचालक स्रोतले बताएको छ । त्यसैगरी सिईओ र संचालकसमिति विच रहेको विवाद पनि तत्काल हटेको छ । १ साता अघि सिईओ र संचालक समितिविच देखिएको विवाद मिलेको छ भने विज्ञ संचालक हट्न लागेका छन ।

भोलीको बैंठकमा सिईओको राजिनामा नआउने पक्का भएको छ । विहिबारको बैठकमा बजेटमाथी छलफल गरी पास गर्ने रहेको छ ।


प्रतिक्रिया दिनुहोस्