काठमाडौँ उपत्यकामा थपिए २२८३ नयाँ संक्रमित, जम्मा संख्या ४४ हजार ४६७ पुगे « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

काठमाडौँ उपत्यकामा थपिए २२८३ नयाँ संक्रमित, जम्मा संख्या ४४ हजार ४६७ पुगे



काठमाडौं । काठमाडौं उपत्याकामा पछिल्लो २४ घण्टामा थप २२८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पा.डा. जागेश्वर गौतमले बताएका छन ।

यो सँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ३५ हजार ९८९ पुगेको छ । ललितपुरमा ४ हजार ९२६ र भक्तपुरमा ३ हजार ५५२ जना पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा जम्मा कोरोना संक्रमितको संख्या ४४ हजार ४६७ पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्