नेपाल आयल निगमले २० प्रतिशत लाभांश वितरण गर्ने « Arthapath.com
२६ पुष २०७७, आईतवार

नेपाल आयल निगमले २० प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । नेपाल आयल निगमले सोमबार हुने साधारण सभामा सेयर पुँजी ११ अर्ब रुपैयाँको २० प्रतिशत लाभांश सेयरधनीहरूलाई वितरण गर्ने भएको छ । जसअनुसार ८ सेयरधनीलाई २ अर्ब २० करोड रुपैयाँ वितरण गर्ने तयारी गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेसनल ट्रेडिङ लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क निगमका सेयरधनी रहेका छन् ।

नेपाल सरकारको ९९ प्रतिशत सेयर रहेको छ । २२ अर्ब रुपैयाँ सञ्चित नाफा रहेको निगमले ५ वर्षदेखि निरन्तर नाफा बढाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ३ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको निगमले २०७५/०७६ मा आठ अर्ब ७५ करोड नाफा गरेको थियो । २०७६/०७७ मा भने निगमले १२ अर्ब ८७ करोड रुपियाँ नाफा गरेको छ ।

कर्मचारीलाई बोनस
निगमले आफ्नो नाफाको १ प्रतिशत रकम कर्मचारीलाई बोनस वितरण गर्ने भएको छ । बोनसका लागि गत वर्षको नाफाबाट करिब १७ करोड ४० लाख रुपियाँ छुट्याइएको छ । बोनसका लागि गत असारसम्म छुट्याएको रकम ३ अर्ब ४७ करोडभन्दा बढी रहेको छ । २ वर्षको बोनस वितरण गर्दा उच्च तहका कर्मचारीले ६० हजार रुपैयाँभन्दा बढी र तल्लो तहका कर्मचारीले ३० हजार रुपैयाँ हाराहारीमा बोनस पाउनेछन् । निगममा करिब ६ सय स्थायी कर्मचारीसहित करिब ९ सय कर्मचारी छन् ।


प्रतिक्रिया दिनुहोस्