पाटा नेपालद्वारा इटहरीमा ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेलालाई सहयोग « Arthapath.com
६ चैत्र २०७७, शुक्रबार

पाटा नेपालद्वारा इटहरीमा ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेलालाई सहयोग



काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएन (पाटा) नेपाल च्याप्टरले सुनसरीको इटहरीस्थित विराटनगरलाइनमा अवस्थित क्षेत्रीय रङ्गशालामा मार्च १३ मा आयोजित एकदिने ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेलालाई सहयोग गर्नुका साथै पाटाको परिचयात्मक गोष्ठी सम्पन्न गरेको छ ।

जिल्ला होटल व्यवसायी तथा पर्यटन संघ सुनसरीको आयोजना तथा पाटा नेपाल सदस्य शैक्षिक संस्था प्रिमियर होटल स्कुलको व्यवस्थापनमा सम्पन्न सो मेलामा प्रदेश नं. १ का विभिन्न क्षेत्रबाट आएका करिब पाँच हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ ।

मेलाको अघिल्लो दिन साँझमा नेपाल भोकेश्नल इन्टिच्युसन्स् अलाइन्स् (एनभिआइए) ले नेपाली ‘सेलीब्रेटी’ सेफ सन्तोष साहको सम्मानमा इटहरिस्थित नेपालीरिका होटलमा रात्री भोज तथा स्वागत सम्मान कार्यक्रम गरेको थियो जहाँ पाटा नेपालका सिइओ सुरेशसिंह बुडालले दिगो पर्यटन विकास र प्रवद्र्धनका लागि पाटाको भूमिका र प्राथमिकताकाबारेमा जानकारी दिनुभयो ।

प्रमुख अतिथि तथा प्रदेश नं.१ का माननीय मुख्यमन्त्री शेरधन राईले मेलाको समुद्घाटन गर्नुभएको थियो र उहाँले फेस्टिबलको भब्य आयोजनाले पर्यटन प्रवद्र्धनमा नयाँ उर्जा प्रवाह गर्नुका साथै प्रदेश १ को संस्कृति तथा खानपिनकोसमेत प्रवद्र्धन गर्न ठूलो सहयोग पु¥याउने र युवा विद्यार्थीहरुको प्रतिभा परिष्कृत गर्ने अवसर प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको संस्कृति तथा खानालाई विश्वमाझ चिनाइ देशको शान बढाउन तथा पर्यटन प्रवद्र्धनका लागि नयाँ आयाम थप गर्न उल्लेखनिय भूमिका निर्बाह गरेको बताउँदै सेफ सन्तोष साहलाई विशेष रुपमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रण गरिएका सेफ सन्तोष साहलगायत नेपाल पर्यटन बोर्डका सिइओ डा धनन्जय रेग्मी, पाटा नेपालका कोषाध्यक्ष खेम लकाई, नाटाका अध्यक्ष अच्युत गुरागाँइ, पाटा नेपालका सिइओ सुरेशसिंह बुडाल र अन्य स्थानीय पदाधिकारी एवम् व्यक्तित्वहरु अतिथिको रुपमा उपस्थित थिए ।

मेलाका संयोजक, प्रिमियर होटल स्कुलका सिइओ तथा पाटा नेपालका कार्यसमिति सदस्य सुनील भुषालले स्वागत मन्तब्य राख्दै आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीय जनशक्तिहरुको दक्षता तथा कौशलता प्रदर्शन गर्ने उपयुक्त माध्यमका रुपमा सो मेलाको आयोजना गरिएको बताउनुभयो ।

पाटा नेपालका कोषाध्यक्ष खेम लकाईले मेलाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै मेलाको आयोजन तथा व्यवस्थापन भब्य रुपमा सम्पन्न गर्न अथक मेहनत गरिएको प्रशंसा गर्दै प्रदेश १ को दिगो पर्यटन विकास र प्रवद्र्धनका लागि राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित पाटा सञ्जाल र सम्बन्धमार्फत पाटा नेपाल च्याप्टरले आवश्यक सहयोग र समन्वयकारी भूमिका निर्बाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका सिइओ डा धनन्जय रेग्मीले आयोजक समितिलाई धन्यवाद व्यक्त गर्दै पर्यटन बोर्डद्वारा आन्तरिक पर्यटन प्रवद्र्धन र विकासका लागि प्रस्तावित पहल तथा भावी योजनाहरुमा सक्रिय सहभागिता र सहयोगका लागि आव्हान गर्नुभयो ।

सेफ सन्तोष साहले काठमाडौँ बाहिर यस प्रकारका पर्यटनलक्षित गतिविधि आयोजना गरिएकामा खुसी र सम्मान व्यक्त गर्दै निरन्तर सद्भाव र स्नेहका लागि उपस्थित सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले शरलता, निरन्तर प्रयास, मेहनत, सकारात्मक स्वभाव र आत्मविश्वासका साथ सफल बन्न सकिने बताउँदै दर्शकहरु विशेषगरी युवा हस्पिटालिटी विद्यार्थीहरुलाई प्रेरणा प्रदान गर्नुभयो । साथै देश चिनाउने र बनाउने अभियानमा आफ्नो आशा, भरोसा र विश्वासको केन्द्र युवाहरु भएको बताउनुभयो ।

फेस्टिबलमा प्रिमियर होटल स्कुलमा अध्ययनरत विद्यार्थीहरुले तयार गरेका स्वदेशी तथा विदेशी गरी १० भन्दा बढी खाद्य परिकारका स्टल राखिएका थिए । कार्यक्रम सञ्चालिका निशा पाठकलगायत राष्ट्रिय कलाकारहरु गायक सुगम पोख्रेल, गायिका एलिना चौहान, समीक्षा अधिकारी, किरण भुजेल, प्रकाश ओझा, हास्यकलाकार सुमन कोइराला लगायतले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । आम मानिसलाई पूर्वका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले मेलास्थलमा ती गन्तव्यहरुको दृश्यसमेत प्रदर्शन गरिएको थियो ।

मेलाको भोलीपल्ट, मार्च १४ का दिन पाटा नेपालका सिइओ सुरेशसिंह बुडाल, स्टुडेन्ट च्याप्टरकी अध्यक्ष रेजिना उप्रेती र सदस्य प्रहिमा रानासहित पाटा नेपाल सचिवालयले प्रदेश १ मा अवस्थित विभिन्न सात वटा पर्यटन तथा हस्पिटालिटी कलेजमा आवद्ध ६० भन्दा बढी शिक्षा प्रदायक र विद्यार्थीहरुमाझ पाटाको परिचयात्मक गोष्ठी आयोजना गरेको थियो ।

पाटा नेपाल च्याप्टरको सदस्यता लिन र मानव संशाधन विकास सम्बन्धी पहल तथा युवा विद्यार्थीहरुको आवद्धतालगायत अभियानमा संलग्न हुन इच्छुक शैक्षिक संस्थाहरु क्तमशः आदर्श स्कुल अफ होटल म्यानेजमेन्ट बिर्तामोड, जेसिआर हस्पिटालिटी एन्ड टेक्निकल कलेज दमक, सनसाइन स्कुल अफ टुरिज्म एन्ड होडल म्यानेजमेन्ट इटहरी, स्कील्स क्याम्पस इटहरी, ह्वाइट हाउस स्कुल अफ होटल म्यानेजमेन्ट धरान, आरटीआरके होटल स्कुल इटहरी र प्रिमियर होटल स्कुल इटहरीले कार्यक्रममा सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्