काठमाडौं पस्यो साइन रेसुङ्गा बैंक, एकैदिन राजधानीमा ५ शाखाबाट कारोवार सुरू « Arthapath.com
८ चैत्र २०७७, आईतवार

काठमाडौं पस्यो साइन रेसुङ्गा बैंक, एकैदिन राजधानीमा ५ शाखाबाट कारोवार सुरू



काठमाडौं । शाखा विस्तारमा आक्रामक बनेको शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकले काठमाडौंमा एकै दिन ५ वटा शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंङ्गाले आईतबार काठमाडौका विभिन्न स्थानमा पहिलोपटक ५ वटा शाखा विस्तार गरेको हो ।

शहरी क्षेत्रमा १५ प्रतिशत शाखा रहेको बैंकको राजधानिमा कलंकी, गोंगबु, महाराजगंज, न्युरोड र बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका अधिकांश शाखाहरु ग्रामिण क्षेत्रमा रहेका छन् ।

४ अर्व पुँजी कोष छ भने ५० प्रतिशत बैंकिङ बजार काठमाडौंमा रहेकोले शाखा विस्तार गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले बताए । देशभरका ८ वटा राष्ट्रिय स्तरका विकास बैंक मध्ये शाइन रेसुंङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एक मात्र विकास बैंक हो । ३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् ।


प्रतिक्रिया दिनुहोस्