सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित « Arthapath.com
३० बैशाख २०७८, बिहीबार

सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको साधारणसभा स्थगित भएको छ । कोरोना संक्रमण बढेसंगै जेठ ११ गते गर्ने भनिएको साधारण सभा स्थगित भएको कम्पनिले जनाएको छ ।

२०७८ बैशाख २८ गते सम्म कायम शेयरधनीको सभामा भाग लिन तथा मतदान गर्न पाउन सक्ने अधिकारलाई यथावत राखी अर्को सूचना जारी नभए सम्मको लागी सभा स्थगित गरिएको कम्पनीले जानकारी दिएको छ ।


कम्पनिले साधारण सभा जेठ ११ गते डाकेको थियो ।


प्रतिक्रिया दिनुहोस्