सबै सूचक बढ्दा राष्ट्रिय बीमा कम्पनीको खुद नाफा र खुद दाबी भुक्तानीमा गिरावट « Arthapath.com
११ जेष्ठ २०७८, मंगलवार

सबै सूचक बढ्दा राष्ट्रिय बीमा कम्पनीको खुद नाफा र खुद दाबी भुक्तानीमा गिरावट



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क १०.८७ प्रतिशत बढेर १९ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क १७ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी २६ कोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको जगेडा कोष ६.४२ प्रतिशतले बढेर ३ अर्ब १० करोड ३३ लाख ५३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष २ अर्ब ९१ करोड ६२ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोष ८.५१ प्रतिशतले बढेर २ अर्ब ३८ करोड ५० लाख २२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष २ अर्ब १९ करोड ७९ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

यस अवमिा कम्पनीको खुद नाफा ४९.४७ प्रतिशतले घटेर २७ करोड १२ हजार रुपैयाँ आर्जन गरेको छ । त आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ५३ करोड ४३ लाख ९० हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ३२.३० प्रतिशतले घटेर ३ करोड ४३ लाख ९४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १३५ रुपैयाँ ०२ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १२ सय ६३ रुपैयाँ ८८ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात १७७.८५ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्