नेप्सेमा प्रतिकित्ता मूल्य धेरै भएको युनिलिभरलाई पछि पार्दै राष्ट्रिय बीमा कम्पनी १ नम्बरमा, प्रतिकित्ता मूल्य कति छ ? « Arthapath.com
१४ जेष्ठ २०७८, शुक्रबार

नेप्सेमा प्रतिकित्ता मूल्य धेरै भएको युनिलिभरलाई पछि पार्दै राष्ट्रिय बीमा कम्पनी १ नम्बरमा, प्रतिकित्ता मूल्य कति छ ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सबैभन्दा महँगो मूल्य भएको कम्पनी राष्ट्रिय बीमा कम्पनी बनेको छ । नेप्सेका अनुसार नेप्सेमा प्रतिकित्ता सबैभन्दा धेरै मूल्य भएको कम्पनीका रुपमा राष्ट्रिय बीमा कम्पनी बनेको हो ।

अब नेप्सेमा सबैभन्दा धेरै मूल्य रहेको कम्पनीमा एक नम्बरमा राष्ट्रिय बीमा कम्पनी बनेको हो ।

यस अघि सबैभन्दा धेरै मूल्य रहेको युनिलिभर नेपाल लिमिटेड थियो तर बिहीबारको बजारमा राष्ट्रिय बीमा कम्पनीले उक्त कम्पनीलाई पछि पारेको हो ।

बिहीबार राष्ट्रिय बीमा कम्पनीको नेप्सेमा क्लोजिङ मूल्य प्रतिकित्ता २३ हजार २ सय रुपैयाँ पुगेको छ । बिहीबार राष्ट्रिय बीमा कम्पनीको मूल्य २ हजार ३०२ रुपैयाँ बढेर नेप्सेमा सबैभन्दा बढी मूल्य भएका कम्पनीमा नम्बर १ को ताज सम्हालेको हो ।

त्यस्तै, युनिलिभर नेपाल कम्पनीको सेयरमा भने बिहीबार कुनै परिवर्तन आएको छैन् । बिहीबार क्लोजिङ मूल्य प्रतिकित्ता २० हजार रुपैयाँ रहेको छ । अब नेप्सेमा यी दुई कम्पनीबीच नम्बर वान बन्नेमा मूख्य प्रतिस्पर्धा हुने भएको छ । यसको लागनी आगामी सेयर कारोबार कुर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्