शुक्रबार एकैदिन १२ सयले घट्यो सुन « Arthapath.com
४ असार २०७८, शुक्रबार

शुक्रबार एकैदिन १२ सयले घट्यो सुन



काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मुल्य घटेको छ ।

आज नेपाली बजारमा सुनको मुल्य एकैदिन तोलामा १२ सयले घटेको हो । सुन तोलामा एकैदिन १२ सयले घटेर छापावाला सुन प्रतितोला ९० हजार ८ सयमा र तेजावि सुन ९० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजार सुनको मुल्यसंगै चाँदीको भाउ पनि घटेको छ ।आज चाँदी एकैदिन तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ मा कारोबार भएको महासंघले जनाएको छ ।

त्यसैगरी हिजो सुन तोलामा एकैदिन ९ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार र तेजावि सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो । भने चाँदी २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्