प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आज हुँदै, ८.४२ प्रतिशत लाभांश पारित गर्ने, अन्य एजेण्डा के छन् ? « Arthapath.com
६ असार २०७८, आईतवार

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आज हुँदै, ८.४२ प्रतिशत लाभांश पारित गर्ने, अन्य एजेण्डा के छन् ?



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा आज हुँदैछ । यसअघि स्थगित भएको साधारण सभा आज (असार ६ गते, आइतवार) होटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा बिहान ११ बजे शुर हुनेछ ।

कम्पनीको १९ औं वार्षिक साधारण सभा यसअघि जेठ २ गते साधारण सभा बोलाएको थियो । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि साधारण सभा स्थगित गरिएको थियो ।

सभामा चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यस्तै, साधारण सभामा शेयर स्वामित्व संरचना परिवर्तन गरी संस्थापक शेयर स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयर स्वामित्व ४० प्रतिशतबाट बढाएर ४९ प्रतिशत पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ ।

prundential-insurance


प्रतिक्रिया दिनुहोस्