फेरी घट्यो सुनको भाउ, तोलामा कति ? « Arthapath.com
६ असार २०७८, आईतवार

फेरी घट्यो सुनको भाउ, तोलामा कति ?



काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मुल्य घटेको छ । आज एकैदिन सुन तोलामा ८ सय रुपैँयाले घटेको हो । आज छापावाला सुन तोलमा एकैदिन ८ सयले घटेर प्रतितोला ९० हजार र तेजावि सुन प्रतितोला ९२ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । आज पनि एकैदिन ५० रुपैँयाले घटेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार पनि सुन एकैदिन तोलामा १२ सयले घटेर छापावाला सुन प्रतितोला ९० हजार ८ सयमा र तेजावि सुन ९० हजार ३ सयमा र चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्