८ प्रतिशत ब्याजदर भएको ऋणपत्र साउन १० गतेदेखि निष्काशन गर्दै नविल बैंक « Arthapath.com
३ श्रावण २०७८, आईतवार

८ प्रतिशत ब्याजदर भएको ऋणपत्र साउन १० गतेदेखि निष्काशन गर्दै नविल बैंक



काठमाडौं । नबिल बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर दिने ऋणपत्र निष्काशन गदै छ । साउन १० गतेबाट बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा१ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई छुटाईएको छ भने बाँकी रहने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बैंकले व्यक्तिगत बिक्री गर्ने छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।

इच्छुक लगानिकर्ताले ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिन सक्ने छन । भने आवेदन नपरेमा निष्काशन अवधि २४ गतेसम्म थप हुने छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयहरुबा ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन ।

Tags :

प्रतिक्रिया दिनुहोस्