नेप्सेका सीईओ साउँदले दिए राजीनामा (पत्रसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारका नाममा किनेको प्रमाण सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।
यस अघि उनलाई अर्थ मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । सीईओ साउँदले आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि विवादमा तानिएका थिए ।
मंगलबार अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा उनले राजीनामापत्र बुझाएको बताइएको छ । राजीनामा पत्रमा आफूले कुनै पदीय मर्यादा विपरीत काम नगरेको दावी गरेका छन् । सर्वाेत्तम सिमेन्टको सेयर कानुन बमोजिम नै किनेको उनले बताएका छन् ।
अनुसन्धान गर्न सहज होस् भनेर आफूले राजीनामा दिएको बताएका छन् ।