संविधान दिवशका अवसरमा मानपदवी पाउने व्यवसायी र बैंकरमा को-को परे ? « Arthapath.com
३ आश्विन २०७८, आईतवार

संविधान दिवशका अवसरमा मानपदवी पाउने व्यवसायी र बैंकरमा को-को परे ?



काठमाडौं । असोज ३ गते संविधान दिवशका अवसरमा ९ सयभन्दा धेरै जनालाई सम्मान गरेको छ । सरकारले यस बर्ष धेरै ब्यक्तिलाई सम्मान गरिरहेको हो । जसमा केही व्यवसायी र बैंकरहरुलाई पनि सरकारले सम्मान गरेको हो ।

सुप्रवल जनसेवा श्री पदकबाट धुब्र कुमार श्रेष्ठ, शेखर गोल्छा, राजेन्द्र कुमार खेतान, विष्णु कुमार अग्रवाल, शिव रतन सारदा, साहिल अग्रवाल, रामशरण भण्डारी र विनोदराज ज्ञवाली विभुषित भएका छन् ।

त्यस्तै, सुकीर्तिमय राष्ट्रदिप पदकबाट डा. उपेन्द्र महतो, देविप्रकाश भट्टचन, रामेश्वर थापा र कैलाश सिरोहिया विभुषित भएका छन् ।

त्यस्तै, प्रवल जेनसेवा श्री पदकबाट मोतिलाल दुगड, सञ्जय कुमार खेतान, विष्णु प्रसाद न्यौपाने, रमेश शर्मा, निर्माण व्यवसायी, गोकुल भण्डारी, गोविन्द गोइन्का, अर्जुनमान सैजु, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, अम्बिका प्रसाद पौडेल, युवा उद्यमी, शौरभ दुगड, देब किसन मुन्दडा, कृष्ण प्रसाद शर्मा, लुम्बीनी प्रदेशका व्यवसायी, हुमनाथ कोइराला, निर्माण व्यवसायी, चिन्तामणी न्यौपाने, पर्यटन व्यवसायी, राजु ढकाल, पर्यटन व्यवसायी रहेका छन् ।

जनसेवाश्री पदकबाट कमलकिसोर मालपानी, यादवसिंह कार्की, चुन्दप्रसाद पौडेल, नरिश्वर शर्मा, अमर बहादुर बानियाँ, कृषी व्यवसायी, चन्द्र ढकाल, सहकारी अचियान्ता, सागर थापा, प्रेमकण्ठ श्रेष्ठ, आइडिया स्टुडियो नवप्रवर्तक (स्टार्टअप) र राधेश्याम हलुवाई विभुषित भएका हुन् ।

यता सरकारले बैंकरहरुलाई विभुषित गरेको छ । जसमा बैंकरहरुमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, मेगा बैंककी डेपुटी सीईओ रविनादेशराज श्रेष्ठ, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डे रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्