१० वटा फाइनान्सको लाभांशः सबैभन्दा बढी मञ्जुश्रीको ४६% र सबैभन्दा कम प्रोग्रेसिभको ७.३६%, अन्यको कति ? « Arthapath.com
१२ पुष २०७८, सोमबार

१० वटा फाइनान्सको लाभांशः सबैभन्दा बढी मञ्जुश्रीको ४६% र सबैभन्दा कम प्रोग्रेसिभको ७.३६%, अन्यको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । यो सिजन लाभांशको हो । जसमा फाइनान्स कम्पनीहरु पनि लाभांश घोषणा गरिरहेका छन् । जसमा विभिन्न कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल १७ वटा फाइनान्स कम्पनीहरु सञ्चालमा छन् । तर हालसम्म १० फाइनान्स कम्पनीले मात्रै लाभांश वितरण गर्ने भएका छन् ।

लाभांश घोषणा गरेका फाइनान्स कम्पनीमध्ये हालसम्म मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै, दोस्रोमा बढी लाभांश दिने कम्पनीमा रिलायन्स फाइनन्सले १५.७९ प्रतिशत, तेस्रोमा आइसिएफसि फाइनान्सले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यता सबैभन्दा कम लाभांश घोषणा गर्ने कम्पनीमा प्रोग्रेसिभ फाइनान्सले ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । त्यस्तै, पोखरा फाइनान्सले ८.५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्