६ महिनामा लघुवित्तहरुको नाफा ४३.४६ प्रतिशत बढ्यो, १५ लघुवित्तको घट्दा साढे ६ अर्ब नाफा « Arthapath.com
९ फाल्गुन २०७८, सोमबार

६ महिनामा लघुवित्तहरुको नाफा ४३.४६ प्रतिशत बढ्यो, १५ लघुवित्तको घट्दा साढे ६ अर्ब नाफा



काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा अधिकांश लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५० वटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद नाफा ४३.४६ प्रतिशत बढेर ६ अर्ब ३० करोड ५४ लाख १७ हजार रुपैयाँ आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्त संस्थाहरुले ४ अर्ब ३९ करोड ५० लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । यस अवधिमा १५ वटा लघुवित्तको नाफा घटेको छ भने ३५ वटा लघुवित्तको नाफा बढेको छ ।

चालु आर्थिक बर्षको ६ महिनामा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्त वित्तीय संस्थाले आर्जन गरेको छ । त्यस्तै, सबैभन्दा कम नाफा आर्जन गर्नेमा गुराँस लघुवित्त रहेको छ ।

नेप्सेका अनुसार ५८ वटा लघुवित्त वित्तीय संस्था सूचीकृत भएपनि मर्जर तथा एक्विजिशनमा गएपछि हाल ५० वटा जति लघुवित्त सूचीकृत भएको देखिन्छ । केही लघुवित्त आईपीओ निष्काशनको प्रक्रियामा रहेका छन् । यहाँ नेप्सेमा सूचीकृत कुन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा कति नाफा आर्जन गरेका छन् भनेर देखाउन खोजिएको छ ।

नाफा हजारमा


प्रतिक्रिया दिनुहोस्