बाणिज्य बैंकमध्ये सिभिल र सेञ्चुरी बैंकको सेयर भाउ अत्यधिक, बंगलादेशको सस्तो, कुन बैंकको कस्तो ? « Arthapath.com
१७ बैशाख २०७८, शुक्रबार

बाणिज्य बैंकमध्ये सिभिल र सेञ्चुरी बैंकको सेयर भाउ अत्यधिक, बंगलादेशको सस्तो, कुन बैंकको कस्तो ?



काठमाडौं । शेयर बजारमा बाणिज्य बैंकको मूल्य तुलनात्मक रुपमा कम भएको टिप्पणी भइरहेका बेला बाणिज्य बैंकमध्येमा पनि सिभिल र सेञ्चुरी बैंकको भाउ भने अधिमूल्यन् भएको देखिएको छ । नेपाल बैंकर्स संघले तयार पारेको एक तथ्यांकले यस्तो देखाएको हो ।

बैंकहरुको ९ महिनाको प्रतिसेयर आम्दानीको तथ्यांक र हिजो विहीबारको शेयर मूल्यका आधारमा यस्तो देखिएको हो । उक्त तथ्यांकले नेपाल बंगलादेश र सानिमा बैंकको सेयर भने अवमूल्यन् भएको देखाएको छ ।

मूल्य आम्दानी अनुपात जति बढी भयो त्यति नै शेयरको अधिमूल्यन् भएको छ भन्ने देखाउँछ । पछिल्लो तथ्यांक अनुसार सेञ्चुरी बैंकको शेयर मूल्य बराबर कमाइ गर्न ४४ वर्ष लाग्ने देखिन्छ भने नेपाल बंगलादेश र सानिमा बैंकलाई १५ वर्षलाग्ने देखिन्छ । सामान्यतया दोस्रो बजारको शेयर मूल्य कम्पनीको प्रतिशेयर आम्दानीको २० गुणासम्म हुनुलाई स्वभाविक मानिन्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्