धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाको छानविन समितिले बुझायो प्रतिवेदन, सरकारले हटाउला त ढुङ्गानालाई ? « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाको छानविन समितिले बुझायो प्रतिवेदन, सरकारले हटाउला त ढुङ्गानालाई ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मङ्गलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको छानबिन समितिले प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको हो ।

बदमा बहाल रहँदै ढुङ्गानाले धितो पत्रको भित्री कारोबारमा संलग्न रहेको आरोपमा ढुङ्गानालाई सरकारले राजीनामा दबाब दिएको थियो । ढुङ्गानानेले राजीनामा नदिएपछि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति बनाएको थियो । 

धितोपत्र बोर्डको अध्यक्ष भएर छोरीको नाममा सेयर किन्न नगद १० लाख बैङ्कमार्फत भुक्तानी दिएको सूचना बाहिरिएपछि ढुङ्गानामाथी नैतिक दबाब सृजना भएको थियो । सर्वोत्तम सिमेन्टको बुकविल्डीङबाट ल्याउन लागेको आइपिओको सेयर सयअघि प्रतिकित्ता २ सय ५० रुयैयाँमा खरिद गरेको सार्वजनिक भएको थियो । 

पुँजी बजारको विकास विपरीत हुने गरी पदीय आचरण विपरीत काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न गत भदौ १६ गतेको मन्त्री परिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।

केपी ओली नेतृत्वको सरकारले ढुङ्गानालाई ५ वर्षको लागी अध्यक्षमा नियुक्त गरेको थियो । कांग्रेससहितको गठबन्धन सरकार आएपछि ढुङ्गानालाई सरकारले राजिनामा दिन दबाब दिएको थियो । सरकारले अनुचित तरिकाले हटाए आफु अदालत जाने ढुङ्गानाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्