काठमाडौँ । नेपाल र मंगोलियाबीच द्विपक्षीय सम्बन्धलाई थप गहिरो बनाउने उद्देश्यले उच्चस्तरीय कूटनीतिक संवाद भएको छ। नेपाल भ्रमणमा रहेका मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातार र परराष्ट्रमन्त्री शिशिर खनालबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो। सो अवसरमा दुई मुलुकबीचको ऐतिहासिक सम्बन्ध, साझा भूराजनीतिक अवस्था, आर्थिक साझेदारी र सांस्कृतिक समानताबारे विस्तृत छलफल गरिएको थियो।