काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको उन्नाईसौं वार्षिक साधारण सभा २०७८ साल असार ०६ गते होटेल ईच्छा प्रा.लि. सिमरा, बारामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।