१८ श्रावण २०८३, सोमबार

हाम्रो बारेमा

अर्थपथ नेपालको एक विश्वसनीय र अग्रणी आर्थिक समाचार पोर्टल हो। हामी विसं २०७६ देखि अनवरत रूपमा मुलुकको अर्थतन्त्र, व्यापार, बैंक तथा वित्तीय क्षेत्रका साथै विविध सामाजिक एवम् अर्थराजनीतिक र भूराजनीतिक विषयमा बहुआयामिक समाचार, खोजमुलक रिपोर्ट र गहिरा विश्लेषणहरू तपाईँमाझ पुर्याउँदै आएका छौँ। देश तथा विदेशका महत्त्वपूर्ण आर्थिक सूचनाहरू समयमै पाठकसमक्ष प्रस्तुत गर्नुका साथै हामी नेपालका नीति निर्माता, निजी क्षेत्र र उपभोक्ताबीचको त्रिपक्षीय हित र सहकार्यका सम्भावनाहरूलाई गहिरिएर कोट्याउँछौँ र सार्वजनिक चासोका नवीन विषयहरूमा बहस सिर्जना गर्छौँ।

हामी पत्रकारितालाई केवल सूचनाको आदानप्रदान मात्रै ठान्दैनौँ, यसलाई मानवीय दृष्टिकोण र संवेदनशीलतासँग जोडेर हेर्छौँ। एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउने दायित्वभन्दा माथि उठेर मानवीय हित, सामाजिक न्याय र मुलुकको दिगो विकासलाई हामीले सधैँ सर्वोपरि राखेका छौँ। सार्वजनिक क्षेत्र, निजी क्षेत्र र उपभोक्ताबीचको सुदृढ त्रिकोणात्मक सन्तुलनबिना देशको वास्तविक समृद्धि सम्भव छैन भन्ने हाम्रो दृढ विश्वास छ। यही मान्यताका आधारमा हामी आर्थिक उन्नतीका नयाँ मार्गचित्रहरूको खोजी गर्ने, जनसरोकारका मुद्दाहरूलाई सशक्त रूपमा सार्वजनिक बहसमा ल्याउने, खुला बजार अर्थतन्त्र र जिम्मेवार नियमनको दृढ पैरवी गर्ने तथा राज्यका नीति निर्माताहरूलाई सधैँ सचेत र जिम्मेवार बनाउन आफ्ना कलमको निष्ठापूर्वक सदुपयोग गर्दै आएका छौँ।

सम्पर्कका लागिः

कमलादी, काठमाडौँ ।

फोन नं. ०१–५९१७८२२
ईमेलः [email protected]

लोकेशन म्यापः