रकम सटहीको लागि ‘प्रभू इजी फरेक्स’ एप (प्रोमोसहित) - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

रकम सटहीको लागि ‘प्रभू इजी फरेक्स’ एप (प्रोमोसहित)



काठमाडौं । प्रभु बैंकले विदेशी मुद्रा सटही सुविधालाई मोबाईलमार्फत् अनलाईन आवेदन गर्न सकिने एप्लिकेशन ‘प्रभू इजी फरेक्स’ सञ्‍चालनमा ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरि ‘प्रभू इजी फरेक्स’बारे जानकारी गराएको हो ।

बैकसम्मै पुगेर सटहीको आवेदन गर्नुपर्ने लामो प्रक्रियालाई मोवाइल एप्लिकेशनले प्रविधिमैत्री तथा सरलीकृत गर्ने विश्वास बैंकले लिएको छ ।
एप हाल गुगलको प्ले स्टोरबाट सजिलै डाउलोड गर्न सकिने छ। यो एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाईन आवेदन गर्न सकिनेछ।

बैकले तुरुन्तै आवेदकलाई एसएमएस मार्फत सटही हुन सक्ने/नसक्ने जानकारी गराउनुको साथै सटहीको व्यवस्था हुने भएमा शाखा वा काउण्टरको पनि जानकारी दिनेछ।

बैकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित बैकको काउण्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था मिलाईएको जनाएको छ।

Tags :

प्रतिक्रिया दिनुहोस्