नेपाल व्यवस्थापन संघको अध्यक्ष श्रेष्ठ, महासचिवमा वस्ती विजयी, अरुको को–को छन कार्यसमितिमा ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल व्यवस्थापन संघको अध्यक्ष श्रेष्ठ, महासचिवमा वस्ती विजयी, अरुको को–को छन कार्यसमितिमा ?



काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को कार्यसमितिको निर्वाचन आज भएको छ । संघको अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ निर्वाचित भएका हुन ।
आज सम्पन्न निर्वाचनले प्रथम उपाध्यक्षमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक बमबहादुर मिस्त्र, द्वितिय उपाध्यक्षमा आइएमई मनि ट्रान्फरका सिईओ सुमन पोखरेल, महासचिवमा कृषि विकास बैंकका अधिकृत धर्मानन्द वस्ती र कोषध्यक्षमा इसीमोडकी अनु श्रेष्ठ जोशी निर्वाचित भएको उपाध्यक्ष सुमन पोखरेलले अर्थपथलाई जानकारी दिए ।
कार्यसमितिका सदस्यहरुमा फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी मनिष झा, सिए सुजन आचार्य, बैंकर हिमा अधिकारी, सनराईज बैंकका डेपुटी सिईओ आशा राणा अधिकारी, प्राध्यापक ईन्द्र श्रेष्ठ, ग्रोथ सेलरका प्रमुख मोहन ओझा, गणेशमान सिंह अस्पतालका प्रमुख मिलन गुरुङका साथमा राष्ट्रिय बाणिज्य बैक, नागरिक लगानी कोष, संचय कोष, सिभम् सिमेन्ट, राष्ट्रिय बिमा संस्थानका प्रतिनिधित्वहरू निर्वाचित भएका हुन ।


प्रतिक्रिया दिनुहोस्