धनतेरसको चहलपहलबीच सुन-चाँदीको मूल्य आकाशियो, एकैदिन १३ हजार बढीले महँगियो
काठमाडाैं । तिहार नजिकिएसँगै नेपाली बजारमा लगातार सुनकाे मूल्य बढ्ने क्रम जारी छ। हिजो तोला सामान्य ६ सय रुपैयाँले बढेको सुन आज एकैदिन १३ हजार ३ सय रुपैयाँले आकाशिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला सुन २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम पुगेको छ।हिजाे छापावाल सुन प्रतिताेला प्रतितोला सुन २ लाख ७५ हजार ६ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य ताेलामा २६५ रूपैयाम्ँले बढेर ३ हजार ९ सय २० रूपैयाँ पुगेकाे छ। हिजाे चाँदी तोलामा ३ हजार ६५५ रुपैयाँ कायम भएको छ।
भोलि कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि अर्थात् धनत्रयोदशी (धनतेरस) मनाइँदै छ। यस दिन सुनचाँदीका गरगहना तथा धातुका भाँडाकुँडा किन्दा घरमा लक्ष्मीको बास हुन्छ भन्ने प्रगाढ धार्मिक विश्वास रही आएको छ। यसैगरी, नेपाल राष्ट्र बैंकले पनि यसै अवसरमा सुनका असर्फी बिक्री गर्दै आएको छ। धनतेरसका बेला बढ्ने यस्तै उच्च माग र बजारको दबाबका कारण पनि सुनचाँदीको मूल्यमा यो भारी वृद्धि भएको हो।















