वैशाख २५ सम्म सेयर कारोबार बन्द - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

वैशाख २५ सम्म सेयर कारोबार बन्द



काठमाडौं । नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से)ले वैशाख २५ गतेसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ।

नेप्सेको आज बसेको सञ्चालक समितिको बैठकले सरकारले घोषणा गरेको लकडाउन अवधिमा सेयर कारोबार स्थगित गरेको हो। सरकारले आइतबार वैशाख २५ गतेसम्मका लागि लकडाउन लम्ब्याउने घोषणा गरेको छ। सरकारले घोषणा गरेको लकडाउनको समयसम्म लगानीकर्ता, बजार सञ्चालक लगायत सरोकारवाला सबैको स्वस्थ्यलाई समेत ध्यानमा राखेर कारोबार नखोल्ने निर्णय गरिएको नेप्सेले जनाएको छ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ मा प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजार (नेप्से) ले धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणाालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था गरेको छ। उक्त विनियमावली भएको व्यवस्थालाई टेकेर कारोबार बन्द गरेको नेप्सेको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्