बैंकमा थुप्रियो पैसा लगानी कम हुँदा रिर्टनको प्रेसर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंकमा थुप्रियो पैसा लगानी कम हुँदा रिर्टनको प्रेसर



काठमाडौं । लकडाउनको अवधीमा बैंकहरुको लागानी अति कम भएको छ । अहिले बैंकहरुमा तरलता थुप्रिदा बेंकमा रहेको निक्षेपको व्यासदर समेत घटिरहेको छ ।

लकडाउन सुरुभएदेखी बैंक तथा वित्तीय संस्थामा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको राष्ट्र बैंकले जनाएको छ । क, ख र ग वर्गका बैंक वित्तिय संस्थामा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा लगानी भने ११ अर्वमात्रै भएको छ ।

बजारमा खुला नहुँदा र लगानीको वातावरण विग्रीएको थियो ।
अहिले बैंक वित्तिय संस्थामा पुरानो कर्जा रिन्यू गर्ने बाहेक नयाँ कर्जा गएका छैनन् । पुराना कर्जापछि भनेजती रिन्यू हुन नसकेको एक बैंकरले जनाए ।

गत चैत्र ११ गते बैंकबहरुमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप थियो । २४ जेठसम्म आइपुग्दा यो बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले बताएको छ । बैंक तथा वित्तीय संस्था लकडाउनको सुरुको दिन ११ चैत ३२ खर्ब १८ अर्ब रुपैयाँ लगानीमा रहेकोमा हाल जेठ तेस्रोसातासम्म ११ अर्वमात्रै बढेको छ ।

बैंकहरुको लगानी जम्मा ११ अर्वमात्रै हुँदा अव असारमसान्तसम्म पनि बढ्ने संभावना अत्यन्तै कम छ । यस्तो अवस्थामा बैंकहरुको चौथो त्रैमास ऋणत्मक हुने देखिन्छ । त्यसले बैंकका लगानीकर्ताहरुको रिर्टनको प्रेसर बेंक व्यावस्थापनसमक्ष पर्ने एक बैंकरले बताए ।


प्रतिक्रिया दिनुहोस्