१८ भदौ २०८३, बिहिबार

सेञ्चुरी कमर्सियल बैंकद्वारा ४.७५ प्रतिसत लाभांस वितरण



काठमाडौं । सेञ्चुरी कमर्सिय बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ४.७५ प्रतिशत लाभांस दिने भएको छ । बैंकले ३९,९७,३४,८९९.८७ रुपैयाँ लाभांसको रकम वितरण गर्ने बताएको छ ।
विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा उक्त स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारण सभा हुन नसकी अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको बैंकद्वरा जारी विज्ञेप्तीमा उल्लेख छ ।

तथापी यस विषम परिस्थितिमा सेयरधनीहरुलाई केही राहत महसुस गराउने हेतुले उक्त स्वीकृत नगद लाभांसको ३ प्रतिशत रकम आवश्यक लाभांस कर कट्टी गरी हुन आउने लाभांस कायम रहनु भएका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा वितरण गर्ने बैंकको सञ्चालक समितिको निर्णय गरेको छ ।
साथै, बाँकी रहेको नगद लाभांस र बोनश शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने व्यहोरासमेत जानकारी गराउन चहान्छौं ।