वुधबार थप ५८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या सात हजार नाघ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वुधबार थप ५८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या सात हजार नाघ्यो



काठमाडौं । आज नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरीएको परीक्षेणमा थप ५८६ कोरोना संक्रमित थपीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बताइएको छ ।

यो सँगै नेपालमा कोरोनजा भाइरस संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ ।

हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फकिएका छन भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्