इन्भेष्टमेन्ट बैंकको इटलीबाट मुद्धा लडेर ल्यायो २ अर्व ४ करोड
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको तनहुँ जलविद्युत कम्पनीको ग्यारेन्टी बापतको पैसा सबै फिर्ता ल्याएको छ । आज साँझ बाँकी रहेको ८५ करोड नेपाली रुपैयाँ पनि बैंकमा आइसकेको बैंकको सिईओ ज्योति प्रकाश पाण्डेले अर्थपथलाई बताए ।
तनहुँ हाइड्रोपावरको काउन्टर गयारेन्टी वापतको पैसा १५ महिनापछि बैंकले मुद्धा लडेर फिर्ता ल्याउन सफल भएको हो । यसले बैंकलाई मात्रै होइन देशकै अर्थतन्त्रलाई टेवा पुग्ने पाण्डेले बताए ।
गत मंगलबार इटलीको कोटले बैंकको पक्षमा फैसला गरेको थियो । बैंकले हिजो सांझ ८७ लाख यूरो र आज ८५ करोड नेपाली रुपैयाँ गरेर कुल २ अर्व ४ करोड रकम फिर्ता ल्याउन सफल भएको छ ।
हाइड्रोपावरको काउन्टर गयारेन्टी वापतको मुद्धा इटलीको अदालतबाट जितेको छ । अन्तराष्ट्रिय अदालतबाट यसरी मुद्धा जितेर नेपालीको पैसा पुन नेपालमै फर्काउन नेपाल इन्भेष्टमेन्ट बैंक सफल भएको छ । विगत ८ वर्षदेखी बैंकको नेतृत्वमा रहेका पाण्डे कैंयौं हण्डर र धोकाविच पनि बैंकको साख गिर्न दिएका छैनन् । पाण्डेको कार्य कुषलताले फसेको पैसा पनि आज फिर्ता आएको छ ।
तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिष्टीले ग्यारेन्टी दिएको थियो । कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी उत्तिनै बेला इन्भेष्टमेन्ट बैंकले भुक्तानी गरिदिएको थियो ।













