मिर्मिरे लघुवित्तले ३७ हजार कित्ता एफपिओ निष्कासन गर्दै, सेयर विक्री प्रवन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मिर्मिरे लघुवित्तले ३७ हजार कित्ता एफपिओ निष्कासन गर्दै, सेयर विक्री प्रवन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७ हजार २६० कित्ता एफपिओ सार्वजनिक निष्काशन गर्ने भएको छ । मिर्मिरे लघुवित्तले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल) निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा मंगलबार आयोजित एक समारोह बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।


प्रतिक्रिया दिनुहोस्