१ कार्तिक २०८३, आइतबार

नेकपा स्थायी कमिटी बैठक एक हप्ता स्थगित




काठमाण्डौ – शुक्रबार बस्ने भनीएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मका लागि स्थगित भएको छ । बैठक आज बस्ने भनीए पनी फेरी स्थगित भएको हो ।


बाढी पहिरोको विपदको बेला पार्टी पंक्तिलाई उद्धार तथा राहतमा लाग्न निर्देशन सहित ७ दिनका लागि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।


गएको असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ । यही विवादको कारण स्थायी कमिटी बैठक प्रभावित हुँदै आइरहेको छ ।