ग्लोबल आइएमई बैंकद्वारा कर्णाली प्रदेशलाई १० लाख सहयोग
काठमाडौं ।ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाखरुपैंया सहयोग गरेको छ ।
शुक्रबार एक कार्यक्रमका विच प्रादेशिक कार्यालय प्रमुख मदन कुमार मुल्मीले कर्णाली प्रदेश सरकारकाका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस कोभिड १९ विरुद्धको अभियानमा बैंकले सहयोग गरेकोमा धन्यवाद दिए ।
बैंकले स्थापनाकाल देखि विपत्तीको अवस्थामा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा गर्दै आएको छ ।










