शुक्रबार १०१ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज
काठमाडौं । शुक्रबार नेपालमा १ सय १ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या शुुक्रकारसम्म १७ हजार ४४५ पुगेको छ ।
त्यसैगरी आज २ सय ८५ जना डिस्चार्ज भएका छन ।
यो संगै हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
त्यसैगरी आजसम्म् कोरोनाका कारण ४० जनाको मुत्यु भएको छ ।













