लागूऔषध कारोबारीको साथबाट नक्कली नोट बरामद - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

लागूऔषध कारोबारीको साथबाट नक्कली नोट बरामद



काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीको साथबाट १५ लाख ४४ हजार चार सय बराबरको नक्कली नेपाली नोट बरामद गरेको छ ।


पाँच सय र पचास दरको १ लाख ८३ हजार ६ सय ५० बराबरको भारतीय नोट पनि उनीहरुको साथबाट भेटिएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोले चलाएको अपरेशनमा बाराको महागढीमाई नगरपालिका–२, बरियापुरबाट पक्राउ परेका तीन लागूऔषध कारोबारीको साथमा नक्कली नोट बरामद भएको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारीका सुधिरकुमार कुशहवा, बाराका मनोज शाह तेली र नरेन्द्रप्रसाद कुशहवा छन् । उनीहरुलाई ना ५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो ।

विशेष सूचनाका आधारमा उनीहरुको शरीर तथा मोटरसाइकलमा रहेको प्लाष्टिकका बोराहरु खानतलासी गर्दा नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्