आज देशका अधिकांश स्थानमा वर्षा,सतर्क रहन अनुराेध - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज देशका अधिकांश स्थानमा वर्षा,सतर्क रहन अनुराेध



काठमाण्डौ –आज काठमाडौं उपत्यका लगायत नेपालका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार सोमबार देशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा हुनेछ । हाल देशभर मनसुनी वायुको प्रभाव हुनकासाथै मनसुनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षा हुने सम्भावना छ ।

त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ ।

विभागकाअनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था छ ।

आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा भई पहाडी क्षेत्रमा भुक्षय हुने, सडक तथा हवाई यातायात अवरुद्ध हुनकासाथै ढल वा पानीको निकास नभएको स्थानमा डुबान हुन सक्ने जल तथा मौसम पुर्वानुमान महाखाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्