७ श्रावण २०८३, बिहिबार

अपिको तेस्रो आयोजनाको वित्तिय व्यवस्थापन हिमालयन बैंकले गर्ने




काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्ने ४० मेगावाट क्षमताको माथिल्लो चमेलियाको बित्तिय व्यवस्थापन हिमालयन बैंक लिमिटेडले गर्ने भएको छ ।


हिमालयन बैंक का संचालक समितिले यस आयोजनाको अगुवा बैंक भई सहवित्तियकरण मार्फत लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीले चमेलिया नदिमा आफ्नो तेस्रो आयोजना निर्माण कार्य शुरु गरेको छ ।

उक्तm आयोजना ३० महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका लिएको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।


दार्चुला जिल्लामानै कम्पनीको यो तेस्रो आयोजना हो ।

यस अघि कम्पनीले ८.५ मेगावाटको नौगड गाढ र ८ मेगावाटको अप्पर नौगड गाढको निर्माण सम्पन्न गरि आय आर्जन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्