७ श्रावण २०८३, बिहिबार

दुई दशक अघि स्थापना भएको रौतहट जिल्लकै पहिलो चिनी मिल बन्द



काठमाडौं । दुई दशक अघि स्थापना भएको रौतहट जिल्लकै पहिलो श्रीराम सुगर मिल्स बन्द भएको छ ।
यो उद्योगमा गोल्छा र विशाल समूहको लगानी रहेको थियो ।
सुरुवाती चरणमा गोल्छा समूहको मात्रै लगानी रहेको उद्योगमा चार वर्ष अघि विशाल समूहले २५ प्रतिशत सेयर किनेको थियो।
श्रम तथा रोजगार कार्यालय वीरगंज, उद्योग विभाग, आन्तरिक राजस्व विभागलाई व्यवस्थापनले उद्योग बन्दको जानकारी दिएको छ ।
उद्योगलाई आर्थिक वर्ष २०७५र७६ सम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३ सय ७५ रुपैयाँ नोक्सानी भएको बताएको छ ।
लामो समयदेखि उद्योग घाटामा रहेको संचालकहरुले बताएका छन्। ।
अब उद्योगले चलअचल सम्पत्ति बिक्री गरेर कर्मचारीको तलब र सुविधा भुक्तानी गर्ने जनाएको छ ।
उद्योगले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत छ।
नेप्सेमा सूचीकृत भएपनी यो कम्पनीले हालसम्म कुनै पनि त्रैमासिक विवरण सार्वजनिक गरेको छैन।

उक्तm मिल रौतहट जिल्लाकै पहिलो चिनी मिल हो। यो उद्योगले रौतहट जिल्ला र वरपरका स्थानीयलाई रोजगारी दिनुको साथै उखु खेती लगाउन प्रोत्साहित गर्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्